संतोष रन्जितकार
वीरगंज, ११ जेठ ।
व्यवस्थित वीरगंज अभियानद्वारा आयोजना गरिएको मेरो भूमिका नामक निबन्ध प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ब्यवस्थित वीरगंजले सो प्रतियोगिता त्रिजुद्ध स्कूलको प्रा·णमा सम्पन्न गरेको हो । सो प्रतियोगितामा वीरगंज महानगरपालिका ४९ विद्यालयको ९३ विद्यार्थीको सहभागीता रहेको थियो भने प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार नगद तथा दोस्रो हुनेलाई १० हजार नगद र तेस्रो हुनेलाई ५ नगद प्रदान समेत गरिने पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिनु भएको थियो ।
सो प्रतियोगिताको पुरस्कार १५ गते गणतन्त्र दिवसको उपलक्ष्यमा त्रिजुद्ध मावीमा बिहान ८ बजे बितरण गरिने ब्यवस्थित वीरगंजका संयोजक दिलिपराज कार्कीले बताउनु भएको थियो ।