सभ्य बचतद्वारा विशेष साधारण सभा सम्पन्न

53

संतोष रन्जितकार
वीरगंज, ११ जेठ ।
श्री सभ्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देव होटल प्यालेसमा विशेष साधारण सभा सम्पन्न गरेको छ । सो संस्थाको अध्यक्ष जंगबहादुर राउतको सभापतित्वमा द्विप प्रज्वलित गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । सो साधारण सभामा सचिव राजकुमार चौरसियाले आय–व्ययको विवरण पेश गर्नुभएको थियो भने नया कार्यसमिति समेत चयन गरिएको थियो । चयन गरिएको नयाँ कार्य समितिमा अध्यक्ष जंग बहादुर राउत, उपाध्यक्ष मातृका प्रसाद कुशवाहा, कोषाध्यक्षमा सरोज मण्डल, सचिवमा राजकुमार चौरसिया, सदस्यहरु विरेन्द्र कुमार, सुजित कुमार गुप्ता र सुमित कुमार गुप्ता रहेका छन् ।

सो कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक युवराज त्रिपाठी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सदस्य जगत राई, संस्थाका इन्दु रन्जितकार, एतुका श्रेष्ठ, मनोहर गुप्ता, चन्दन चौरसिया, पुनम राई लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन गिता श्रेष्ठले गर्नुभएको थियो ।

https://ankushdaily.com/