संतोष रन्जितकार
वीरगंज,११ जेष्ठ ।
समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले स्वस्थ्य जिवनका लागी खेलकुद अति आवश्यक रहेको बताउनु भएको छ ।
वीरगंज महानगरपालीका वडा नम्बर २० हरपतगंज अपौनीमा जारी प्रथम गढीमाई गोल्डकप २०७६ को समापन कार्यक्रममा पहिलो तथा दोस्रो हुने खेलाडीहरुलाई शिल्ड एवम प्रमाण पत्र वितरण गर्दै सांसद यादवले जिवनलाई स्वस्थ्य बनाउन आफना केही समय खेलकुदमा पनि दिनु पर्नेमा जोड दिनु भयो ।
पर्सामा अहिले भइरहेको निरन्तर खेलकुदले खेलाडीहरुको मनोबल समेत बढाउन हौसला प्रदान गरेको सांसद यादवले बताउनु भयो । विगतमा खेलकुद क्षेत्र सम्बन्धी गतीविधि पर्सामा शुन्य जस्तै थियो तर अहिले विभिन्न संघ संस्थाहरुको सक्रियतामा खेलकुदलाई निरन्तरता दिएपछि खेलकुद प्रति खेलाडीहरुको मनोबल बढेर गएको प्रतिक्रिया दिनु भयो । सांसद यादवले भने म पनि खेल प्रेमी हुं त्यसकारण यहाको खेल जगतको विकाशमा आफुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । आफुले बारम्बार भन्दै आएको बताउदै सांसद यादवले खेल जगतबाट खेलाडीहरुको पलायन रोक्नका लागी सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल खेल्न जाने खेलाडीहरुलाई सरकारी स्तरमा रोजगारी दिएर उनीहरुको जिवन यापन सहज बनाउन आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा सांसद यादवले प्रथम हुने एफसी सिमरा युनाइटेड बारालाई ७१ हजारको चेक सहित शिल्ड एवम प्रमाण पत्र वितरण गर्नु भयो भने दोस्रो हुने आमो देवी युथ स्पोर्टस क्लबलाई ३१ हजार नगद सहित शिल्ड तथा प्रमाण पत्र वितरण गर्नु भयो ।
कार्यक्रममा होटल व्यवसायी संघ पर्साका महासचिव तवरेज आलम, वरिष्ठ फुटबल प्रशिक्षक हरिबहादुर श्रेष्ठ लगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रम प्रथम गढिमाई गोल्डकप २०७६ का संयोजक विकाश कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो ।