संतोष रन्जितकार
वीरगंज, ११ जेठ ।
वीरगन्ज महानगरपालिका नगरफ्रमुख विजय कुमार सरावगीले रक्तदानमा सबै वर्गको सत्रिय सहभागीताको आवश्यता रहेको धारणा व्यक्त गर्नुभएको छ । दोश्रो वार्षिक ऊत्सवको अवसरमा युवा वचन संस्थाले आयोजना गरेको रक्तदान कार्यत्रममा बोल्दै नगर प्रमुख सरावगीले प्रत्येक तिन महिनामा आफै खेर जाने रगतले अरु कसैको जिवन बचाउन सकिने भएकोले यस्ता मानवीय कार्यमा लाग्न युवाहरुलाई अनुरोध गर्नुभएको थियो ।
नगर प्रमुख सरावगीले युवा वचन संस्थामा रहेका युवाहरुको भूमिका सराहनीय रहेको बताऊदै रक्तदान कार्यत्रममा आगामी समयमा पनि निरन्तरता रहने आशा समेत व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष पियुस कादम्बीयाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नाराणय प्रसाद भटराई, प्रहरी उपरिक्षक रेवती ढकाल लगायतका पदाधिकारी तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।