कांग्रेसकै कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तनहरु भएको छ ः नेता मंसुर

83

संतोष रन्जितकार
वीरगन्ज, १२ जेष्ठ ।
प्रमुख प्रतिपक्षी दल नेपाली का·्रेसको गत बैशाख २५ बाट सुरु भएको जागरण अभियान पर्साको ठोरी गाउँपालिकाबाट सुरु भएको छ । नेपाली कांग्रेसका ठोरी गाउँपालिका सभापति शम्भुराम पौडेलको सभापतित्व एवम् नेपाली का·्रेसका केन्द्रिय सदस्य तथा अभियान प्रतिनिधि फर्मुल्ला मन्सुरको प्रमुख आतिथ्यतामा पर्सामा भएको जागरण अभियान कार्यक्रम गाउँपालिकाको वडा ४ विजयवस्तिमा आइतबार सम्पन्न भएको हो ।
केन्द्रिय र जिल्ला स्तरीय नेता एवम् ठोरीका का·्रेस अगुवा नेता कार्यकर्ताहरु सहभागी जागरण अभियानमा बोल्ने बक्ताहरुले लोकतन्त्रको रक्षा का·्रेसले मात्र गर्न सक्ने भएकाले का·्रेस एक हुनुको कुनै विकल्प नरहेको धारणा राखेका थिए । अभियानमा सहभागी का·्रेस नेताहरुले का·्रेस नेतृत्वप्रति तिब्र असन्तुष्टी जनाउँदै नेतृत्वकै कारण चुनावमा का·्रेसले आफ्ना एजेन्डा जनतासम्म पुर्‍याउन नसक्दा पराजय भोग्नुपरेको आरोप समेत लगाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य मन्सुरले अभियानले का·्रेस कार्यकर्ताहरुमा बढेको नैराश्यतालाई हटाएर सुदृढ र ससक्त का·्रेस निर्माणमा सघाउ पुर्‍याउने विचार व्यक्त गरे । उनले का·्रेसकै कारण मुलुकमा ठुला राजनीतिक परिवर्तनहरु भएको जिकिर गर्दै का·्रेस कार्यकर्ताहरुलाई चुनावी पराजयबाट अलिकति पनि विचलित नभई लोकतन्त्र रक्षाका लागी सदैव लागिपर्न आग्रह गरे ।
कार्यक्रममा नेपाली का·्रेसका केन्द्रिय सदस्य अजय चौरासीयाले का·्रेस एक ढिक्का हुनु नै आजको आवश्यक्ता भएको बताउँदै अभियान सफल पार्न कार्यकर्ताहरुसंग अनुरोध गरे । सोही कार्यक्रममा मन्तव्य राख्दै पर्सा का·्रेस सभापति अजय द्विवेदीले पार्टी भित्रको गुट–उपगुटका कारण का·्रेस कमजोर बन्दै गइरहेकाले गुट–उपगुट त्यागेर एक हुन नेताकार्यकर्तासंग अनुरोध गरे ।
अहिलेपनि जनताको का·्रेससंग ठूलो अपेक्षा रहेको बताउँदै का·्रेसभित्र आफmै एक हुन सके चुनावमा जित हासिल गर्न सकिने विचार व्यक्त गरे । कार्यत्रममा जिल्ला विकास समितिका पुर्व सभापति जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरी, नेता राजकृष्ण अमात्य, महासमिति सदस्य विरेन्द्रलाल नेपाली, वृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सदस्य डा. कृपासिन्धु चौधरी, राम बहादुर श्रेष्ठ, विरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ती कार्की, क्षेत्रीय सभापति रमेश पाण्डे, ठोरी २ का वडाध्यक्ष किशोर तामाङ, स्थानीय नेता प्रकाश खनाल, अर्जुन बस्नेत लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा ठोरी का·्रेसका अगुवा सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने नेपाल शिक्षक संघ ठोरीका अध्यक्ष चिरञ्जीवी सापकोटाले कार्यक्रमको सहजीकरण गरेका थिए । का·्रेसको हिमाल, पहाड, तराई मधेस राष्ट्रिय जागरण अभियान तीन चरणमा देशका सबै जिल्ला, क्षेत्र, गाउँनगर र वडासम्म गर्ने निर्णय अनुसार ठोरी गाउँपालिकामा पनि कार्यक्रम गरिएको का·्रेसले जनाएको छ ।
अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र का·्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्ने लगायत उद्देश्य राखेको बताईएको छ ।

https://ankushdaily.com/