सशस्त्रद्वारा दालसहित ट्रैक्टर पक्राउ

20

संतोष रन्जितकार
वीरगंज, १२ जेठ ।
पर्साको अलौबाट मुसुरो दालसहित ३ वटा ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा भारततर्फ जाँदै गरेको ट्रैक्टरलाई विशेष सूचनाको आधारमा पर्साको अलौबाट सशस्त्र प्रहरी बलले शनिबार राति १० बजे नियन्त्रणमा लिएको हो । ना.१त ३८५५, ना.१ त ५३८५ र ना.१ त ५४०७ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइएको हो ।
तस्कर संगठनहरूले विभिन्न नाका प्रयोग गरी तस्करी गर्दै आइरहेको सूचना आउन थालेपछि सादा पोशाकमा टोली परिचालन गरिएको डिआइजी प्रवीण श्रेष्ठले बताए ।
नियन्त्रणमा आएका ट्रैक्टर चालकलाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सारमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसैगरी विभिन्न ठाउँहरूबाट अवैध तरिकाले भित्रिएको कपडा समेत बरामद गरिएको डिआइजी श्रेष्ठले जानकारी दिए ।
बाहिनीबाट खटिएको टोलीले भारतबाट अवैध तरिकाले नेपाल भित्रँदै गरेको अवस्थामा इनरवाबाट करिब ४ लाख बराबरको कपडा बरामद सशस्त्र प्रहरीले जनाएको छ ।

https://ankushdaily.com/