ब्रहृमाकुमारी राजयोग केन्द्रद्वारा एक दिवसीय आध्यात्मिक प्रशिक्षण

29

वीरगंज, १३ जेठ ।
ब्रहृमाकुमारी राजयोग सेवा केन्द्र वीरगंजको आयोजनामा वीरगंज नर्सिंग क्याम्पसमा अध्यनरत नर्सहरुका लागि एक दिवसीय आध्यात्मिक प्रशिक्षण शिविर सोमबार सम्पन्न भएको छ । सो शिविर ब्रहृमाकुमारी राजयोग सेवा केन्द्र वीरगंजका ब्रहृमाकुमारी रविना दिदीको प्रशिक्षणमा सम्पन्न भएको हो ।
आध्यात्मिक प्रशिक्षणका दौरानमा ब्रहृमाकुमारी रविना दिदीले वर्तमान समयमा हरेक प्रोफेसन तथा क्षेक्रमा आबद्ध व्यत्तिहरु मानसिक तनाव, पारिवारिक, सामाजिक दवाब या विभिन्न पेशागत समस्याहरुको सिकार भई नैरास्यतापूर्ण जीवन व्यतित गर्न बाध्य भएको औल्याँउनु भएको थियो । उहाँले यस्तो अवस्थामा आफ्नो जीवनलाई सन्तुलित, संयमित र व्यवस्थित राखी शान्त र स्वस्थ जीवनयापनका लागि नैतिक चारित्रिक शिक्षा सहितको आध्यात्मिक चिंतनको अपरिहार्यता भएको बताउनु भयो । उहाँले ब्रहृमाकुमारी संस्थाद्वारा तयार पारिएको मुल्य शिक्षा सम्बन्धि चित्रको माध्यमबाट शिक्षाको विभिन्न आयामलाई समेत स्पष्ट पार्नुभयो ।
ऊक्त कार्यत्रममा ब्रहृमाकुमारी रमा बहिनीले आध्यात्मिक चित्रको माध्यमबाट स्व. अस्तित्वको पहिचान, मनुष्य जीवनको लक्ष्य तथा कर्मको गहन गतिका विषयमा प्रकाश पारेकी थिइन् भने क्याम्पसका लेक्चरर गंगा पन्त तथा इन्स्ट्रक्टर इन्दिरा चौंरसियाले ब्रहृमाकुमारी संस्थामा सिकाईने राजयोगको अभ्यासले जुनसुकै पेशा तथा व्यवसायमा रहेर पनि व्यक्तिले आफ्नो जीवनमा आईपर्ने सम्पूर्ण समस्याहरुको सजिलै समाधान गर्न सकिने र सफल व्यक्तित्वको रुपमा समाजमा स्थापित हुने बताए ।
करिब ३ दर्जन भन्दा बढि अध्यनरत नर्सहरुको सहभागिता रहेको सो आध्यात्मिक प्रशिक्षण कार्यक्रममा ब्रहृमाकुमारी बेलीले राजयोग कमेन्ट्री गरी सबैलाई गहन शान्तिको अनुभूति गराएका थिए भने सहजीकरण ब्रहृमाकुमार गोकुल गुभाजूले गरेका थिए ।

https://ankushdaily.com/