विप्लवका कार्यकर्ताद्वारा भारती ट्रकमा आगजनी

16

संतोष रन्जितकार
वीरगंज, १३ जेठ ।
नेक्र बित्रम चन्द नेतृत्वको नेकपाले आहृवान गरेको बन्दका कारण बारा, पर्सा लगायत मध्येतराईको जनजिवन सामान्य प्रभावित भएको छ । प्रदेश २ का बिभिन्न जिल्लाहरुबाट बाराको पथलैया हुँदै बाहिरिने लामो दुरीका सार्वजनिक सवारी साधन समेत सोमबार चल्न नसकेको तथा छिटफुट छोटो दुरीका सार्वजनिक यातायात भने सञ्चालन भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जानकारी दिएको छ । बन्दका कारण अधिकांश निजि बिद्यालय समेत बन्द गरिएको थियो ।
सडकमा सवारीको चाप समेत कम भएको छ । दैनिक हजारौँ सवारी आवत–जावत गर्ने पथलैया वीरगञ्ज औधेगीक करिडोर सोमबार बिहानैदेखी सुनसान देखिएको छ ।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा सोमबार बिहान रोकि राखेको भारतीय ट्रक लरीमा आगजनी गरेको छ ।
नेपाल–भारत पेट्रोलियम पाईपलाईनका लागी पाईप बाकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरीमा आगजनी भएको हो ।
आगजनी विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने आशंका प्रहरीको रहेको छ तथा यसबारे अनुसन्धान भइरहेको बाराका प्रहरी प्रबक्ता रञ्जित सिंह राठोरले जानकारी दिए ।