संतोष रन्जितकार
वीरगंज, १३ जेठ ।
होटेल तथा पर्यटन व्यवसायी संघ पर्साले वीरगंजको होटेल कन्ट्री इनमा एक कार्यक्रमको आयोजना गरी पर्साका प्रहरी उपरिक्षक रेवती ढकालको सम्मान तथा बिदाई गरेको छ ।
होटेल तथा पर्यटन व्यवसायी संघ पर्साको अध्यक्ष हरि पन्तको सभापतित्वमा पर्साका प्रहरी उपरिक्षक ढकाललाई मायाको चिनो प्रदान गरी सम्मान तथा बिदाई गरिएको हो । सो बिदाई कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक ढकालले आफ्नो एक वर्षको अवधिमा आफुले समाजप्रति गरेको सामाजिक कार्यको बारेमा चर्चा गदै वीरगंज बासीको शान्ति सुरक्षा सम्बन्धी कुनै कमी कसर बाकी नछोडेको बताउनु भयो ।
सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रचेन्द्र सिंह थापा, उपाध्यक्ष कुमार श्रेष्ठ, महासचिव माधव बस्नेत, सचिव लक्ष्मी प्रसाद पाठक, कोषाध्यक्ष पुष्प श्रेष्ठ, सदस्यहरुमा कुबेर कार्की, संदीप बस्नेत, शेखर चौधरी, सुरेश साह, हिरा साह, सल्लाहकारमा सुरेन्द्र सिंह प्रधान, बिनोद चौधरी, कुनाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन दिलिपराज कार्कीले गरेका थिए ।