विभिन्न संघ संस्थाद्वारा एसपी ढकालको सम्मान तथा बिदाई कार्यक्रमको आयोजना

22

संतोष रन्जितकार
वीरगंज, १४ जेठ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोल, वीरगंज महानगरपालिका वडा नं. ५ को वडा समिति, मुनलाईट बोर्डि· र युवा समाजद्वारा संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी वडा नं. ५ को समितिको सभाहलमा पर्साका प्रहरी उफरिक्षक रेवती ढकालको सम्मान बिदाई कार्यक्रम गरिएको छ । सो कार्यत्रममा प्रहरी उपरिक्षक ढकाललाई खादा ओढाई सम्मान गरिनुको साथै मायाको चिनो समेत प्रदान गरिएको थियो । सो कार्यक्रममा वडा नं. ५ का वडाअध्यक्ष प्रदिप चौरसियाले ढकालको कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसैबीच ग्रीन सिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी आदर्शनगरले प्रहरी उपरिक्षक ढकाललाई खादा ओढाई सम्मान तथा मायाको चिनो प्रदान गरी बिदाई गरेको छ । ग्रीन सिटिका अध्यक्ष प्रकाश खेतानले वर्षौ दिनको राम्रो काममा गरेको योगदान तथा शान्ति सुरक्षामा कुनै कसर बाकी नराख्ने भन्दै वहाँको गरेको वर्षौ दिनको कार्य एकदमै सराहनीय रहेको बताउनु भएको थियो ।

त्यसैगरी जनता युवा क्लब जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर प्रहरी उपरिक्षक रेवती ढकाललाई सम्मान गरेको छ । सो क्लबका अध्यक्ष मंसुर खानले खादा ओढाई तथा मायोको चिनो प्रदान गरी बिदाईको शुभकामना दिंदै आउंदो दिनहरुमा वहाँको प्रगतिको कामना समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कुम्हाल सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश चौधरी, श्रवण राय माझी, इन्दिरा, संजु दाहाल, मनोज साह, लक्ष्मण प्रसाद रौनियार, मसुन्ना दाहाल, प्रहरी कुमार वि.क. र सुनिता वि.क., ग्रीन सिटीका रतन तेवानी, मुकेश खेतान, टिल्लु दारुका, त्रिलोक सिंह दारुका, कैलाश बजाज, संजय शर्मा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निशान थापा, पर्सा ट्राफिकका प्रहरी निरिक्षक राजकुमार सिंह, वडा प्रहरी कार्यालय श्रीपुरका चक्र बहादुर मल्ल, व्यवस्थित वीरगंजका दिलिपराज कार्की, वडा नं. ४ का वडाअध्यक्ष जगत साह कानु, माट्रीका आई फाउण्डेशनका डा. महेशसिंह धामी, जनता युवा क्लबका रामाशंकर साह, मो. तनबिर, शेख रबुदिन, अमित कुमार, मुनलाईट स्कुलका श्याम केसी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण हेमन्त तामा·ले गरेका थिए ।