ऐट काउन्ट डान्स स्टुडियोद्वारा चेप्टर टु को लागि २४ प्रतियोगी छनौट

17

संतोष रन्जितकार
वीरगंज,१८ जेठ ।
ऐट काउन्ट डान्स स्टुडियोले सुपर डान्स चेप्टर टु का लागि २४ प्रतियोगीलाई छनौट गरेको छ । ऐट काउन्ट डान्स स्टुडियो वीरगंजमा शनिबार आयोजित अडिसनबाट १ युवा र २३ युवती अन्तिम स्पर्धाका लागि छानिन सफल भएका हुन् ।
ऐट काउन्ट डान्स स्टुडियोले सुपर डान्स चेप्टर टु सुरु गरेको प्रतियोगीताको पहिलो चरणमा २ सय ६० जना प्रतियोगी मध्ये अडिसनमा ४० जना सहभागी भएका थिए भने दोस्रो चरणमा ४० जना मध्ये २४ छनौट भएका थिए । ऐट काउन्ट डान्स स्टुडियोले सुपर डान्स चेप्टर टु सुरु गरेको प्रतियोगीतामा वीरगंजका बिभिन्न विद्यालयाका करिब २ सय ६० भन्दा बढी प्रतियोगीले अडिसन दिएका थिए ।
डान्स प्रशिक्षक मिलन मगर, प्रमोद महतो, साजन सरार्फ, पत्रकार ईफान अलि निर्णयक मण्डल रहेका छन् । प्रतियोगीतामा अध्यायनरत युवा युवतीको प्रतिभा निर्खादै उनीहरुलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्न आयोजना हुँदै आएको ऐट काउन्ट डान्स स्टुडियो आयोजक समितीका अध्यक्ष मानवी कुशवाहाले बताइन् ।
अन्तिम चरणको कार्यक्रम ०७६ जेठ ३२ गते शनिवार आर्दशनगरमा हुने आयोजकले जानकारी दिएका छन् । प्रतियोगीतामा विकाश तिवारी, राधीका चौधरी, सुक्रित श्रेष्ठ, चित्रलेखा जैसवाल, अनामीका यादव लागायत २४ प्रतियोगी अडिसनमा सहभागी भएका छन् ।