छपकैया गुठी समिति गठन

10

संतोष रन्जितकार
वीरगंज,१८ जेठ ।
वीरगंज महानगरपालिका छपकैयामा १५ सदस्यीय गुठी समिती गठन भएको छ । बिरगंज महानगरपालिका वडा न.२ छपकैया तुतबारीमा स्थानीय बुद्धीजिवी, भद्रभलादमीहरुको सक्रियतामा १५ सदस्यीय छपकैया गुठी समिती गठन भएको हो । शनिवार धिरज शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति तथा ५ जना सल्लाहकार सहितको समिति गठन भएको छ । समाजमा भईरहेको भेद विभेद, सामाजिक जनचेतनामा भइरहेको कमी, दलित तथा पिछडिएका बर्गका समुदायहरुको उत्थान गर्न उद्देश्यले भेलाभई गुठी गठन गरिएको अध्यक्ष धिरज शर्माले जानकारी दिनु भयो । उपाध्यक्षमा राजेश राणा, प्रबिण बिक्रम शाह, सचीवमा अजित कुमार भुजेल, सह–सचिवमा जिवन हमाल, कोषाध्यक्षमा टिकादेबी प्रसाई, सह–कोषाध्यक्षमा शम्भु थापा क्षेत्री तथा सदस्यहरुमा नबिन सिंह राजपुत , सुनिल सुबेदी, प्रकाश कुमार साह लगायत १५ सदस्यीय समिति गठन गरिएको हो । सल्लाहकार समितीमा डा.राधा कृष्ण कोईराला, धुर्व सिंह ठकुरी, लक्ष्मण थापा, प्रेमा सिंह खत्री र दिपक शर्मा रहनु भएको छ । सो भेलामा स्थानीय बुद्धीजिवी, भद्रभलादमी लगायतको सहभागिता रहेको थियो ।