नेवाः देय दबुद्वारा नयाँ कार्यसमिति चयन तथा सपथ ग्रहण

21

संतोष रन्जितकार
वीरगंज, १८ जेठ ।
नेवाः देय दबुको १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वीरगंज पब्लिक कलेजको सभाहलमा सो समितिका अध्यक्ष सुन्दर श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरी सपथ ग्रहण सम्पन्न गरेको हो । सो कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व सभासद राजेन्द्र बहादुर अमात्य रहनुभएको थियो भने विशिष्ठ अतिथिमा बिपीसी कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्य, राजपाका महासचिव राजेशमान सिंह, नेवाः देय दबुको केन्द्रिय उपाध्यक्ष तथा संगठन विभागका प्रमुख चन्द्रलाल राज भण्डारी रहनु भएका थिए ।

नेवार समुदाय एकीकृत भई आफ्नो संस्कृति र भाषा जगेर्ना गर्नु कार्यक्रमको मुल उद्देश्य रहेको थियो भने सो संस्थालाई तन, मन र धनले सक्दो सहयोग गर्ने नेपाली कांग्रेसका पूर्व सभासद अमात्यले बताउनु भएको थियो । साथै वहाँले चयन गरिएको कार्यसमितिलाई बधाई दिदै पूर्ण कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
नयाँ कार्यसमितिमा अध्यक्ष तारामान पति, उपाध्यक्ष नारायण श्रेष्ठ, सचिव महेन्द्र देव थकु, सह–सचिव दिपक शाही, कोषाध्यक्ष जुनु मान्नधर र सदस्यहरुमा रुपेश मानन्धर, सत्यम खडकी, विशाल डंगोल, रामकाजी श्रेष्ठ, प्रविन शाही, सुनिल श्रेष्ठ, निर्मला श्रेष्ठ, सरिता खडकी, कौशल्या श्रेष्ठ, रोजी श्रेष्ठ, बुद्धि जोशी, सौरज प्रधान, मणीलाल श्रेष्ठ रहनु भएका थिए । कार्यक्रममा महेश्वरलाल हाडा, उमेश श्रेष्ठ, रितेश कुमार शाही, आशा मानन्धर, शर्मिला श्रेष्ठ, हरिबहादुर बैध, दिपेन्द्र गोबिन्द बैध लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन सौरज प्रधानले गर्नुभएको थियो ।