गाउँपालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

25

संतोष रन्जितकार
वीरगंज, १९ जेठ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५ महुवनमा गाउँपालिका स्तरिय सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो ।
वडा नं. ५ का कार्यवाहक अध्यक्ष रामबालक रामको सभापतित्वमा भएको कार्यक्रममा सहभागिहरुले राखेको जिज्ञासा र प्रश्नको जवाफ गाउँपालिकाका अध्यक्ष प्रदीप कुमार जयसवाल, उपाध्यक्ष फुलमती देवी चौधरी र प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले मन्तव्यका मार्फत दिएका थिए ।
कार्यक्रममा समाजवादी पार्टीका जिल्ला सह–इन्चार्ज रामनरेश यादव, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार रितेश त्रिपाठीले गरेका थिए भने संयोजक संस्थाका अध्यक्ष तबरेज अहमदले बहरीगमन अभिमत र नागरिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहयोगी नेपालको संयोजन र सखुवा प्रसौनी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम भएको थियो ।