बीरगंज १९ जेष्ठ ।
बीरगंजको रानीघाटमा रहेको जीवन ज्योती माध्यमिक बिद्यालयले आइतबार एक समारोहका बीच इन्भेसटिचर सेरोमनी (ब्याच बितरण) कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको श्री चण्डी प्रसाद गण बीरगंजका सेनानी श्रृजन बहादुर मल्लले उद्घाटन गर्नु भएको थियो । बिद्यालयमा अध्यन्नरत कक्षा १ देखी १० सम्मका बिद्यार्थीहरु मध्ये ६० जना क्याप्टेनहरुलाई ब्याच समेत बितरण गरिएको थियो । कार्यक्रममा स्कुलकी संचालिका मिनाक्षी गुप्ता, डा. श्याम सुन्दर दास, इन्जिनियर मुन्ना सर्राफ, प्राध्यापक डा.हरेराम ठाकुर, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहान, वडा नम्बर ९ वडा अध्यक्ष मनोज कलवार, फोटो पत्रकार राम सर्राफ लगायतकाले स्कुल क्याप्टेन, सहायक स्कुल क्याप्टेन, एकेडेमिक प्रिफेक्ट, डिसिप्लिन प्रिफेक्ट, हाउस क्याप्टेन र इंगलिस स्पिकि· सोसाईटीको विद्यार्थीहरुलाई ब्याच बितरण गर्नु भएको थियो । ब्याच बितरण गर्दै सेनानी श्रृजन बहादुर मल्लले बिद्यार्थीहरु जुन क्षेत्रमा आवद्ध भएपनि भोलीका दिनको कर्णधार रहेको बताउनु भयो । बिद्यार्थीहरुको भविष्य स्वयं बिद्यार्थीहरुको हातमा रहेको हुनाले शिक्षकहरुले पढाएको कुरा राम्ररी सिक्नु पर्ने बताउनु भयो । जीवन ज्योती माध्यमिक बिद्यालयका प्रधानाध्यापक शिव प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा कक्षा ९ का छात्रा जया सर्राफले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी विश्व वातावरण दिवसको अवसर पारेर आइतबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काठमाण्ठौबाट आएका सफाई अभियन्ता रामराज मानव, सुशिला महर्जन, स्थानिय जसपाल सिंह, र विद्यालयका विद्यार्थी, शिक्षकहरुले विद्यालय वरिपरिको क्षेत्र सरसफाई गरेका थिए । सो क्रममा वडा नम्बर ९ को करिब सय घर अगाडी फालिएको फोहोर संकलन गरिएको थियो । सरसफाईको क्रममा स्थानियबासीलाई फोहोर जथाभावी नफाल्न अनुरोध समेत गरिएको थियो । सबैले आफ्नो दायित्वलाई बुझेर पहल गरे वीरगंजको फोहोरलाई धेरै हदसम्म न्युनिकरण गर्न सक्ने सफाई अभियन्ताहरुले बताएका थिए ।