नारायणी रंगशाला मर्मतको लागि विशेष बजेट छुट्याउन सांसद यादवको मांग

30

वीरगंज, १९ जेष्ठ ।
संघिय समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवले देशकै पुरानो रंगशालाको रुपमा रहेको नारायणी रंगशालालाई पुर्ननिमार्णको लागी विशेष बजेट छुटयाउन मांग गर्नु भएको छ ।
बजेट सम्बन्धी संघिय संसदमा बोल्दै सांसद यादवले नारायणी रंगशाला देशकै पुरानो रंगशाला भएकोले राज्यले यसको मर्मत सम्भारमा विशेष बजेट छुटयाएर यस रंगशालाको अवस्था सुधार गर्न आग्रह गर्नु भयो । सांसद यादवले दशरथ रंगशाला पछि देशकै दोस्रो रंगशालाको रुपमा रहेको नारायणी रंगशालालाई मर्मत सम्भार तथा पुर्ननिर्माणमा राज्यले बेवास्ता नगरेर यसलाई पुर्ननिर्माण गर्न सकियो भने यसलाई अन्तराष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास समेत गर्न सकिने बताउनु भयो ।
पञ्चायती व्यवस्थाको सरकारको सहयोग बिना २०४२ सालमा स्थानीयहरुले नै बनाएको यो नारायणी रंगशाला १८ बिगहामा फैलिएको छ सांसद यादवले भने । सांसद यादवले स्थानीयको सहयोगमा बनेको यस रंगशालालाई थोरै पैसाको आवश्यक्ता मात्रै रहेको छ ।
अन्तराष्टिूय स्तरको रंगशाला भएकोले मर्मत सम्भारबाट त्यसलाई पुर्ननिर्माण गरेर अन्तर्राष्ट्रिय खेलहरु समेत खेलाउन सकिने जानकारी दिनु भयो । यदी सरकारले यस रंगशालालाई मर्मत सम्भार गरेर अहिलेको अवस्थामा बनाउन सकेन भने तथा रंगशाला पुर्णरुपमा धवस्त भयो भने अहिलेको सरकारले बनाउन धेरै समस्या हुने बताउनु भयो ।