नेपाल लाइफ इन्स्योरेन्सद्वारा गोष्ठीको आयोजना

35

बारा, १९ जेठ ।
नेपालकै सर्वाधिक बोनस दर भएको बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स जीतपुर उपशाखाले सिमरा पार्कमा गोष्ठीको आयोजना गरेको छ ।
सो गोष्ठीमा कम्पनीले जिल्लामा आफ्ना कम्पनीका एजेन्सी मेनेजर र ब्यवसाय संयोजकलाई समेत सहभागी गराएको हो । कार्यक्रममा कम्पनी वीरगञ्जका बरिष्ठ एजेन्सी म्यानेजर अम्बिका प्रसाद तेली र नरेश गुप्ताले गोष्ठीमा नेपाल लाइफको नयाँ पोलीसी र ब्यवसायको आधुनिक सिद्धान्तबारे प्रस्ट्याएका थिए ।
बजारमा अन्य बिमा कम्पनीहरुले नयाँ पोलीसीका नाममा ठगी गरिरहेको भन्दै बिमा गर्न चाहनेले बोनस दर बुझेर मात्र बिमा गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।
सबै बिमा कम्पनीले आफु राम्रो भन्ने गरेपनी नेपाल लाइफको तुलनामा कुनै पनी बिमा कम्पनीले सेवा सुबिधा र बोनस फ्रदान गर्न नसक्ने गोष्ठीका बक्ताहरुले बताएका थिए ।
कार्यत्रममा जीतपुर उपशाखा अर्न्तगतका १० जना एजेन्सी मेनेजर, दुई दर्जन ब्यवसाय संयोजक र २० जना भन्दा बढी अभिकर्ताहरुको उपस्थिती रहेको थियो । पार्कमा कम्पनीले बनभोज कार्यक्रमको समेत आयोजना गरेको थियो ।

https://ankushdaily.com/