पशुपंक्षी रोग सम्बन्धी एक दिने गोष्ठी सम्पन्न

30

संतोष रन्जितकार
वीरगंज, १९ जेठ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय पशु सेवा विभाग, सार्क आर एस यु त्रिपुरेश्वर काठमाण्डौंको सहयोगमा वीरगंजको होटेल मकालुमा पशुपंक्षी रोग सम्बन्धी अन्तर्राष्ट्रिय सिमामा रहेका समस्याको बारेमा एक दिने गोष्ठी सम्पन्न गरेको छ । सो गोष्ठी पशु सेवा विभागका महानिर्देशक डा. सम्झना कुमारी काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो । सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख नारायण प्रसाद भट्टराई रहनु भएको थियो । कार्यक्रममा बाहृय मुलुकबाट भित्रिन सक्ने नयाँ रोग तथा रोगलाई आफ्नो मुलुकमा भित्रिन नदिने पशु जन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको आयात निर्यातलाई व्यवस्थित गर्ने, रोग फैलिएको अवस्थामा रोगको रोकथाम तथा नियन्त्रण गर्ने, विदेशबाट आयात गरिएको पशुपंक्षी जन्य पदार्थ, पशु उत्पादन सामग्रीमा रोग छ वा छैन भन्ने यकिन गर्न निश्चित स्थानमा निश्चित समयसम्म जाँच गर्ने पशु क्वारेन्टाइनले गर्दै आएको महानिर्देशक काफ्लेले जानकारी दिनु भयो । वहाँले पशुपंक्षी जन्य पदार्थ आयातको लागि विशेष व्यवस्था गरिने, बर्डफ्लु संक्रमित मुलुकबाट पशुपंक्षीजन्य पदार्थ र पंक्षी उत्पादन सामाग्रीको आयातमा प्रतिबन्ध लगाउने, चल्ला पैठारी गर्दा प्रत्येक पटक अन्तर्राष्ट्रिय पशु स्वास्थ्य प्रमाणपत्र र विभागको सिफारिस पत्र साथमै हुनुपर्ने, प्यारेन्ट चल्ला पैठारी गर्दा हवाईमार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल स्थित चेकपोष्टको बाटो मात्र ल्याउनु पर्नेछ, चल्ला उत्पादन गर्ने अण्डा र खाने अण्डा पैठारी गर्दा विभागबाट तोकिएको मापदण्ड पुरा भएको हुनुपर्नेमा जोड दिनुझएको थियो । कार्यक्रममा सार्क आर एसयुका डा. रामकुमार कार्कीले मन्तव्य व्यत्त गर्नु भएको थियो । पर्साका प्रजिअले भट्टराई पर्सामा पर्ने नाकाहरुमा पशु जन्य पदार्थ तथा पशु उत्पादन सामग्रीमा निगरानी बढाएको तथा पक्राउ परेका चल्लाहरुलाई नष्ट समेत गरेको बताउनु भयो ।