आमसञ्चार विधेयक संशोधन गर्न माग

42

भक्तपुर, २० जेठ (रासस) ः
सरकारले संसद्मा पेश गरेको आम सञ्चार विधेयक फिर्ता गरी संशोधन गर्न सञ्चार सम्बद्ध सरोकारवालाहरुले माग गरेका छन् । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुरको संयोजनमा आज भएको श्रमजीवी पत्रकार र पक्रकार आचारसंहिता विषयक अन्तरत्रियामा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आमसञ्चार विधेयक संशोधन गर्नुपर्ने बताउनुभयो ।
शुरुमा सरकारले ल्याएको विधेयकमा २५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तिराउने विधेयकमा मोटामोटी सहमतिसमेत भएको खुलासा गर्दै श्रेष्ठले पछि रु १० लाखसम्म जरिवाना गर्ने कुरा विधेयकमा आउँदा प्रेसजगत् अचम्ममा परेको बताउनुभयो ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष ग·ाधर पराजुलीले पत्रकारलाई स्वतन्त्र रुपमा पत्रकारिता गर्ने र प्रेस स्वतन्त्रता प्रत्याभूति गराउने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट र महासंघका कोषाध्यक्ष राजेश मिश्रले सरकारले मिडिया विधेयक तत्काल फिर्ता लिन माग गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्य, प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा, प्रेस स·ठन नेपालका केन्द्रीय सदस्य सोम शर्मा बजगाईं, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाललगायतले आमसञ्चार विधेयकमा पत्रकारलाई समाचार लेखेकै भरमा जेल जानुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले सच्याउनुपर्ने बताउनुभयो ।

https://ankushdaily.com/