संतोष रन्जितकार
वीरगंज, २० जेठ ।
प्रहरीले विशेष गरी बहुविवाह मुद्दामा पुरुषलाई पक्राउ तथा आवश्यक कारबाही चलाउने गरेको छ तर बारा प्रहरीले एक जना महिलालाई बहुविवाह मुद्दामा फरार रहेको अवस्थामा पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरेको छ ।
प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका वडा नं १० नितनपुरका अवधेश रायभरकी श्रीमति उषादेवी रायलाई लुकीछिपी रहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकी उषामाथि बारा जिल्ला अदालतले २०६९ जेठ ४ मा गरिएको फैसला आदेश बमोजिम १ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो ।
तसर्थ उनलाई पक्राउ गरी आवश्यक सजाय भुक्तानको लागि अदालतमा पेश गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी रंजितसिंह राठौरले जानकारी दिए ।