बाख्रापालन सम्बन्धी ३ दिने तालिम सम्पन्न

22

संतोष रन्जितकार
वीरगंज, २० जेठ ।
भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बिरगंजले आयोजना गरेको सिपमुलक बाख्रापालन सम्बन्धी ३ दिने तालिम सोमबार सम्पन्न भएको छ । वीरगंज महानगरपालिका भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बिरगंजको सभाहालमा संचालित तालिममा बिरगंज महनगरपालिकाको वडा नम्बर २७ का ३० जना महिलाहरुको सहभागीता रहेको थियो ।
सहभागी महिलाहरुलाई ३ दिन सम्म बरिष्ठ पशु चिकित्सक रामपरिक्षण साह, पशु चिकित्सिक बिरबहादुर श्रेष्ठ, पशु विज्ञ अधिकृत धनसुन्दर साह, नायब पशु सहायक कृष्ण चौधरी, नायब पशु सहायक महेश साह, नायब पशु सहायक अनिरुद पाण्डे लगायतले प्रशिक्षण दिएका थिए ।