विद्यालय निरिक्षक चौरसिया अख्तियारको फन्दामा

46

संतोष रन्जितकार
वीरगञ्ज, २० जेठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयले पर्साको जगरनाथपुर गाउँपालिकाका विद्यालय निरिक्षक राजेश्वर चौरसियालाई पक्राउ गरेको छ ।
आइतबार बेलुका अनाधिकृत रुपमा शिक्षक नियुक्त गरेको आरोपमा अख्तियारले चौरसियालाई पक्राउ गरेको हो । चौरसियाले ३५ जनाभन्दा बढी नक्कली शिक्षकलाई राहत, अस्थायी र करारमा नियुक्त गरेको सम्बन्धमा छानबिन गरिरहेको अख्तियारले जनाएको छ । अख्तियारले थप अनुसन्धान र कारबाहीका लागि विद्यालय निरीक्षक चौरसियालाई नियन्त्रणमा लिएको हो ।
पर्सा जिल्लाका विभिन्न विद्यालयमा फर्जी तरिकाबाट शिक्षक नियुक्त गरी जगरनाथपुर गाउँपालिकामा सरुवा गरेर चौरसियाको सञ्जालले लाखौं रुपैयाँ कुम्ल्याएको आरोप लाग्दै आएको छ ।

https://ankushdaily.com/