सशस्त्र प्रहरीद्वारा लाखौंको अवैध कपडा बरामद

4

संतोष रन्जितकार
वीरगंज, २० जेठ ।
बीरगंज महानगरपालिका वडा नम्बर १ छपकैयाबाट सशस्त्र प्रहरीले भन्सार छली नेपाल भित्र्याइएको लाखौ मुल्यका विभिन्न सामानहरू पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको सिर्सिया बोर्डर आउट पोस्टबाट सशस्त्र प्रहरी निरीक्षक जिवन मल्ल ठकुरीको कमाण्डमा खटेको टोलीले भारतबाट नेपाल तर्फ भित्रयाउन लागिएको भन्सार छलीका विभिन्न समानहरू नियंत्रणमा लिएको हो ।
करिब एक लाख मुल्यका लत्ता कपडा, पलास्टिक डोरी, मोटर पार्टस लगायतका समानहरू भन्सार छली चोरी पैठारी गरेर नेपाल भित्रयाउने क्रममा नियंत्रणमा लिईएको सशस्त्र प्रहरी निरीक्षक जिवन मल्ल ठकुरीले बताउनु भयो ।
नियंत्रणमा लिईएको भन्सार छलीका समानहरू आवश्यक कारवाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक ठकुरीले जानकारी दिनु भयो ।
सशस्त्र प्रहरी बल बिओपी सिर्सियाको सक्रियतामा १० महिनाको अन्तरालमा २५ लाख मुल्य बराबरका भन्सार छली चोरी पैठारीका माध्यमले भारतबाट नेपाल तर्फ भित्रयाइएको विभिन्न समानहरू पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक ठकुरीले जानकारी दिनु भयो ।
सिर्सिया छोटी भन्सार नाका भएर नेपाल तर्फ आईरहेको विझिन्न व्यक्ति तथा सवारी चेकजाचका त्रममा विभिन्न समयमा १४ पटक गरेर ७ जना लागुऔषधमा संलग्न व्यक्तिलाई पक्राउ गरी कार्यवाहीको लागी प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।