संतोष रन्जितकार
वीरगन्ज, २२ जेठ ।
मुस्लीम समुदायको सबैभन्दा ठुलो पर्वको रुपमा रहेको ईदको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । महानगरपालिकाको वडा नम्बर १८ अलौ लगायत विभिन्न वडाहरुमा वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगी पुगी महानगरवासी मुस्लीम समुदायलाई ईदपर्वको अवसरमा बधाइ तथा शुभकामना आदान प्रदान गर्नुभएको हो । अलौमा निर्माणाधिन ईदगाह स्थलमै पुग्नु भएका नगर प्रमुख सरावगीलाई स्थानिय मुस्लीम समुदायका अगुवा, स्थानिय समाज सेवी, वडा अध्यक्ष तथा पार्टिका स्थानिय नेता र कार्यर्ताहरुले भव्य स्वागत गरेका थिए । ईदको अवसरमा शुभकामना व्यक्त गर्दै नगर प्रमुख सरावगीले ईद उलफित्र पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, विभिन्न धर्मावलम्बीहरु बिच सदियौ देखि चलिआएको आपसी मिक्रतालाई सुदृढ गर्ने विश्वास व्यत्त गर्नुभएको थियो ।
इस्लाम समुदायको महान पर्व इर्द उलफित्रको अवसरमा बुधबार शुभकमना व्यक्त गर्दै उहाले यस पर्वले सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै ॅसमृद्ध महानगरको अभियानलाई बलियो बनाउने कामना गर्नुभएको थियो । नगर प्रमुख सरावगीले महानगरको विकाससंगै धार्मिक स्थलहरुको संरक्षण ,सम्बर्धन र विकास निर्माणमा महानगरपालिका कटिबद्ध रहेको समेत बताउनु भयो । साथै उहाले इद उलफित्रका अवसरमा नेपालका सम्पूर्ण मुस्लिम समुदाय र स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।