वातवरण दिवसको अवसरमा गौतम स्कुलद्वारा वृक्षारोपण सम्पन्न

41

संतोष रन्जितकार
वीरगंज, २२ जेठ ।
विश्व वातावरण दिवसको उपलक्ष्यमा बुधबार गौतम माबीले स्कुल अगाडी वृक्षारोपण सम्पन्न गरेको छ । गौतम स्कुल र भारतीय महावाणिज्य दूतावासको सहयोगमा विश्व वातावरण दिवसलाई लक्षित गरी सो वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा भारतीय दूतावासका महावाणिज्यदुत विसि प्रधान, सहायक महावाणिज्यदुत विके लोसाली, एस सुरेश, दूतावासका कर्मचारीहरु र गौतम स्कुलका निर्देशक सोनम लामा, प्रिन्सिपल परिक्षा लामा, सहायक प्रिन्सिपल रमेश शर्मा, व्यवस्थापन समितीका सदस्य ललित कर्ण, रमेश क्षेत्री, एल्बि रेन्जर, स्कुलका विद्यार्थीहरु, शिक्षक–शिक्षिकाहरु र सञ्चारकर्मीहरुले बाताबरण जोगाउ, सफा र स्वस्थ्य जिवन जिउ भन्ने नारासहित स्कुल अगाडि रहेको बाटोको दायाँबायाँ विभिन्न जातका बिरुवा गुलमोर, निम ईत्यादी रोपेर धुमधामका साथ वातावरण दिवस मनाएको थियो । त्यसै गरि वातावरण दिवसकै उपलक्ष्यमा गौतम स्कुलका एक देखी दस कक्षाका बिद्यार्थीहरुले प्रदुषण मुक्त र धर्तीलाई बचाऔ, वातावरणलाई जोगाऔ, आउने पुस्ताहरुलाई यसबाट जोगाऔ र यसले मानव, जिवजन्तुहरुमा पुर्‍याउने असरहरुका बारेमा चित्रहरु प्रस्तुत गरेका थिए ।

यसैबीच बिश्व बाताबरण दिवसको उपलक्षमा ग्रिन सिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरद्वारा बुधबार वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । सो वृक्षारोपण कार्यक्रममा गुलमोर ८०, कपुर २० र निम २५ गरी १२५ वटा वृक्षहरु रोपिएको ग्रिन सिटीका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो । कार्यक्रममा बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाह, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निशान थापा, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्ल, ट्राफिक प्रहरी निरीक्षक राज कुमार सिंह, लगायतकाको सहभागिता रहेको थियो ।

त्यसैगरी यसैगरी डिएभिआरबी केडिया स्कुलले पनि क्लिन विरगन्ज,ग्रीन विरगन्ज नाराका साथ वीरगन्जको आर्दशनगरमा बृक्षारोफण कार्यक्रमको आयोजना गरेको छ । बातावरण दिवसको अवसरमा आयोजना गरिएको कार्यत्रममा नगरप्रमुख सरावगीले बृक्षारोपन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।