वातावरणः जिउने आधार संस्थाद्वारा बृक्षरोपण तथा वक्तृत्वकला

33

काठमाण्डौं, २२ जेठ ।
बिश्व वातावरण दिवसका अबसरमा वातावरणः जिउने आधार नामक संस्थाले बुधबार गोल्डेनगेट कलेज काठमाण्डौंमा बक्तृत्वकला प्रतियोगिता तथा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
सो संस्थाको आयोजनामा भएको वायु प्रदूषण तथा फोहोर व्यवस्थापन विषयक बक्तृत्वकला प्रतियोगितामा विजय भट्ट पहिलो भएका थिए भने दोस्रोमा सदीक्षा तिवारी तथा आस्था श्रेष्ठ तेस्रो भएका थिए ।

सो कार्यक्रमको मुख्य अतिथि नविन विकास महर्जन रहेका थिए भने वरिष्ठ अतिथिमा श्री रमेश सिलवाल, श्री प्रविन उप्रेती रहेका थिए । त्यसैगरी अतिथिहरुमा श्री छवि ढुङ्गाना, श्री राजेश साह र प्रसंसा पोखरेल रहेका थिए ।
वातावरणः जिउने आधार संस्थाका अध्यक्ष आकाश चौहानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रुपक पटेल, महासचिव सम्झना गिरी, सहसचिव प्रिन्स शाह, कोषाध्यक्ष करुणा काफ्ले तथा सविना जमरकटेल, अञ्जली कठायत, ओमशान्ति थापा लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रम रोशन पटेलले संचालन गरेका थिए ।