वातावरणको समस्याले ठूलो विकराल रुप लिदैछ ः मेयर सरावगी, जिएचपी स्कुलले भव्य रुपमा वातावरण दिवस मनायो
संतोष रन्जितकार
वीरगंज, २२ जेठ ।
जिएचपी स्कुलले बुधबार विश्व वातावरण दिवस भव्य रुपमा मनाएको छ । हाम्रो जिवजन्तु, हाम्रो वातावरण र राम्रो वातावरण, राम्रो वतावरणको संरक्षण गरौं भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो । हरेक वर्ष झै यस वर्ष पनि जुन ५ तारिखमा विश्वव्यापी रुपमा रहेको यो दिवसको अवसरमा जिएचपी स्कुलले वृक्षारोपण तथा सचेतना र्याली निकालिएको थियो । जिएचपी स्कुलले आयोजना गरेको कार्यक्रमका प्रमुख अथिती वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले आफनो मन्तव्य व्यक्त गदै भने वातावरणको समस्याले ठूलो विकराल रुप लिदैछ भने । ठूला ठूला शहरहरुमा स्वच्छ हावा लिनका लागि च्याम्बरर्सहरु बनाइएको छ, भोलिको दिनमा वीरगन्जमा यस्तो समस्या आउन नसक्ला भन्ने भन्न सकिदैन भन्दै सरावगीले आजैदेखि हामी वातावरणमा ध्यान दियौं भने त्यस्ता अवस्थालाई पक्कै रोक्न सकिने बताए । उनले फोहरमैलाको विषयमा पनि हामीले घरबाहिर फोहर फाल्ने बानी छ, तर त्यसलाई व्यवस्थित तरिकाबाट कसरी डिस्पोज गर्न सकिन्छ भन्ने तर्फ लाग्नुपर्ने भन्दै ग्रामीण भेगमा बिरुवाहरु बाड्ने काम भइरहेको उनले बताए तथा एक व्यक्तिले दुई–दुई वटा विरुवाहरु रोप्न सक्यो भने यसले भोलिका दिनमा वातावरणहरुमा पक्कै सहयोग पुग्ने उनको भनाई रहेको थियो ।
घरबाट दुई किसिमको फोहर निस्कन्छ, एउटा कुहिने र एउटा नकुहिने, त्यसलाई छुट्याएर कुहिने फोहरबाट मल उत्पादन गर्नुपर्ने भन्दै कुहिने फोहरबाट जो पनि घरमै मल बनाई प्रयोग समेत गर्न सक्ने बताए । फोहरलाई हामी व्यवस्थित गरी त्यसको सदुपयोग गर्न सक्नुपर्छ, यो महानगरपालिकाको मात्र दायित्व होइन, जसले फोहर गर्छ त्यसले पनि फोहरलाई व्यवस्थित गर्नसके चाँडै महानगर फोहरमुक्त हुने बताए । फोहरलाई फोहर होइन, मोहरको रुपमा प्रयोग गर्न सक्नुपर्छ, वीरगन्ज महानगरपालिकाले महानगरभित्रबाट निस्कने फोहरलाई व्यवस्थापनको लागि निजी क्षेत्रलाई जिम्मा लगाई सकेको छ, तर महानगरपालिकाले मात्र नहुने भएकोले फोहर व्यवस्थापनका निम्ति सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्धिवेदी,वातावरण अभियन्ता जसपालसिह, बिरगंज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्य, मिस नेपाल अर्थ प्रिया सिग्देल, जेष्ठ नागरिक पशुपती बिक्रम शाह, समाजसेवी उषा शाह लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
त्यसैगरी प्रकृति सेवा प्रतिस्ठान बिरगंजले बिश्व वातावरण दिवसको उपलक्ष्यमा बुधबार माईस्थान स्थित गहवामाई मन्दिर अगाडि वृक्षारोपण गरेको छ । हरियो, सफा र स्वस्थ्य बिरगंज प्लास्टिक झोला, प्रदुषण मुक्त बिरगंज, धर्तीलाई बचाऔ, वातावरणलाई जोगाऔ भन्ने नाराका साथ व्यवस्थित अभियान अनुसार प्रकृति प्रतिष्ठान बिरगंज र एशियन लाईफ ईन्स्युरेन्स कम्पनीको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो । जसपाल सिंहको नेतृत्वमा र सफाई अभियन्ता राजमन मानव सुशिला महारन्जन ज्युको बिशेष उपस्थितिमा भएको कार्यक्रममा दिलिपराज कार्की, लगायत सामाजिक अभियन्ता र स्थानीयहरुको अगुवाइमा सो कार्यक्रम सम्पन्न भएको थियो ।