तिन मोटरसाईकल चोर पक्राउ

22

संतोष रन्जितकार
वीरगञ्ज, २३ जेठ ।
प्रहरीले वीरगञ्जबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई बिहिबार पक्राउ गरेको छ । प्रहरीले मोटरसाईकल चोरेर लैजाँदै गरेको अवस्थामा बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २१ बस्ने ३९ वर्षीय नकुल रुम्बा तामाङ, मकवानपुर हेटौँडा उप–महानगर पालिका वडा नम्बर १ बस्ने ३४ वर्षीय रमेश लामा र वडा नम्बर १० बस्ने ५० वर्षीय अमित कुमार थापालाई पक्राउ गरेका हो ।
उनीहरु तिनै जनालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बसपार्कबाट बा ४८ प १८४५ नम्बरको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।