संतोष रन्जितकार
वीरगन्ज, २३ जेठ ।
नेपाल पोष्ट डेली डटकम अनलाईन पत्रिकाले आफ्नो ५ औं बार्षिक उत्सवको अवसरमा म्याराथन गर्ने जनाएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रिकाले अयोजना गरेको पत्रकार सम्मेलनमा पत्रिकाको संचालक मनोज पटेलले बार्षिक उत्सवको अवसरमा प्रेस स्वतन्त्रताको लागि यहि जेष्ठ २५ गते शनिवारको दिन मिनि म्याराथन आयोजना गर्ने बताउनु भएको थियो ।
पत्रिका संचालन भएको बेला देखि नै पत्रकारिताको मुल्य र मान्यतालाई अंगिकार गर्दै निष्ठापूर्वक पाठकहरु माझ सत्य, तथ्य तथा निष्पक्ष समाचार लेख्दै आएको बताउँदै पटेलले अहिलेको जल्दो बल्दो बिषयमा म्याराथन गर्न लागेको बताउनु भयो । पत्रकार सम्मलेनमा, दौडमा करिब २ सय जनाको सहभागिता रहने तथा दौडमा सहभागी हुनलाई कुनै शुल्क नलाग्ने पटेलले बताउनु भयो । म्याराथन खुल्ला हुने तथा बिजेतालाई प्रमाण–पत्र तथा ट्रफि सहित नगद राशी पनि प्रदान गरिने सम्मलेनमा पत्रिकाको समाचार सम्पादक संतोष साहले बताउनु भयो । वहाँ प्रतियोगितामा सबैलाई सहभागि भई सफल बनाई दिन हुनको लागि आम सर्वसधारण तथा पत्रकारहरुमा अपिल पनि गर्नु भयो । म्याराथन विहान ६ः३० बजे देखि शुरु हुने साहले जानकारी दिनुभएको थियो ।