संतोष रन्जितकार
वीरगंज, २३ जेठ ।
नेपाल सरकारले ल्याएको लोक सेवा आयोग मधेश बिरोधी भएको भन्दै वीरगंजमा विद्यार्धीहरुले बिरोध प्रदर्शन गरेका छन् ।
लोक सेवा आयोगले मधेशी, दलित, मुस्लिम, महिला, सिमान्तकृत लगायत मधेशमा बस्ने समुदायको अधिकार कुण्ठित गर्ने गरि ल्याएको लोक सेवा आयोगको विज्ञापन अस्वीकार्य रहेको भन्दै वीरगंजको घण्टाघरमा लोक सेवा आयोगको विज्ञापनको प्रतिलिपी जलाएर विद्यार्थीहरुले सरकार बिरुद्ध प्रदर्शन गरेका हुन् ।
नेपालमा ५१ प्रतिशत मधेशी जनता रहेको तथा देशको सिमानामा समेत मधेशी जनताले सुरक्षा दिईरहँदा सरकारले मधेशी युवाहरुको भविष्यलाई धाराशाही पार्ने गरी ल्याएको विज्ञापन कदापी स्वीकार्य नहुने प्रदर्शनमा सहभागि विधार्थी शेख मुनाले बताए ।
संविधान विपरित सरकारले मधेशी विद्यार्थीहरुको भविष्यसंग खेलवाड गर्ने गरी ल्याएको विज्ञापन खारेज गरी राज्यको हरेक निकायमा मधेशी विधार्थीहरुले पनि देशको बागमुल सम्हाल्ने बिज्ञापन जारी गर्न मांग गरेका छन् ।
सरकारले तत्काल विज्ञापन फिर्ता नलिए सरकार बिरुद्ध कडा आन्दोलन गर्ने प्रदर्शनमा सहभागी विधार्थीहरुले बताएका छन् ।
शेख मुना अंसारीको नेतृत्वमा भएको कार्यक्रममा भिजिट मधेशका संयोजक ओमप्रकाश सर्राफ, महिला नेतृ मालती कुश्वाहा, हिरालाल साह, राजेश्वर यादव लगायतको सहभागीता रहेका थियो ।