समतामूलक समाजको निर्माणमा सरकार छैन ः अध्यक्ष चौहान

231

वीरगंज, २३ जेठ ।
नेपाल प्रेस युनियन पर्साले महिला पत्रकारहरुको लागि वीरगञ्जमा दुई दिने लै·िक समता र सुरक्षा सम्बन्धी तालिम बिहीबारदेखि शुरु गरेको छ । आईएफजेको आर्थिक सहयोगमा आयोजित सो तालिमको उद्घाटन नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले गर्नुभएको थियो ।

वीरगंजको होटेल मकालुमा आयोजित सो तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष चौहानले सरकार समता मुलक समाज निर्माणको पक्षमा नदेखिएको आरोप लगाउनु भएको थियो । चौहानले सरकारी नियुक्तिदेखि लिएर लोकसेवा आयोगको विज्ञापनमा समेत सरकार समता मुलक र समावेशी समाजको निर्माणको पक्षमा नरहेको तथा दम्भका साथ अगाडी बढीरहेको यथेष्ठ प्रमाणहरु नागरिक समाजको सामु रहेको बताउनु भयो ।
स्वतन्त्र प्रेस र प्रजातन्त्रमा मात्र स्वच्छ समाज निर्माण हुने भन्दै अध्यक्ष चौहानले सरकारले लागु गर्न खोजेको अपराध संहिता र मीडिया काउन्सिल विधेयकले स्वतन्त्र पत्रकारिताको घाँटि निमोठिने भन्दै यसको विरुद्धमा सम्पूर्ण संचारकर्मीहरु एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।
वीरगंजमा महिला पत्रकारहरुको उल्लेखनीय वृद्धि भएको र यस प्रकारको तालिमले उनीहरुको शिप र दक्षता वृद्धि हुने भएकोले तलिममा सहभागिहरु सबैले आ–आफ्नो क्षेत्रमा टिकिरहन चुनौती पनि भएको अध्यक्ष चौहानको कथन रहेको थियो ।
प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षमा आयोजित सो तालिमको उदघाटन समारोहमा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गायत्री मिश्रा रिन्कु, वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ती कार्की, पर्टेवा सुगौली गाउँपालिकाका उपमेयर ममता महतो, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, रितेश त्रिपाठी, आरसी यादव लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

https://ankushdaily.com/