कम्प्युटर लेखा तालिमको उद्घाटन सम्पन्न

18

संतोष रन्जितकार
वीरगंज, २४ जेठ ।
वीरगंज महानगरपालिका वडा नं. ६ को वडा कार्यलयको सहयोग र यू. डी. वाई सेफ कम्प्यूटर एजुकेशनको आयोजनामा ४५ दिने कम्प्यूटर लेखा तालिम शुक्रबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । उक्त कार्यक्रम बंशीधर गुप्ताको अध्यक्षतामा प्रमुख अतिथी उधमी महिला मधु राणा, विशिष्ट अतिथी समाजसेवी उषा राणा, बि. म. न. पा. का. सा. शा.बाट रेनुका ढकाल, वडा सदस्य कनिका कौशिक, प्राध्यापक मिनाक्षी गुप्ता, अतिथी महिला सदस्य शुसिला परियार, सुरज गुप्ता लगायत २२ जना प्रशिक्षार्थी सहभागी रहेका थिए ।
वडाभित्रका बेरोजगार युवा महिला तथा पुरुषहरुलाइ आत्मनिर्भर बन्न कम्प्युटर लेखा तालिम सिप सिखेर रोजगार तर्फ उन्मुख हुने उद्देश्यले आयोजना भएकोकोमा खुशी ब्यक्त गर्दै तालिमलाई निरन्तरता दिन वडाका सदस्य कनिका कौशिकले सहभागीहरुलाई शुभकामना मन्तब्य दिएका थिए ।