कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

3

संतोष रन्जितकार
वीरगंज, २४ जेठ ।
पर्साको जिराभवानी गाउँपालिकाको कर्मचारी र जनप्रतिनिधि बीच शुक्रबार मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा सुपौली फिल्डमा भएको फुटबल प्रतियोगितामा कर्मचारी ६–१ गोलले जनप्रतिनिधिलाई हराउदै विजयी भएका हुन् ।
कर्मचारिको तर्फबाट राम कुमार यादव ३ गोल, संजय पटेल २ गोल र राम कुमार महतोले एक गोल गरेका थिए भने जनप्रतिनिधिको तर्फबाट राधेश्याम राय थारुले मात्र एक गोल हानेका थिए । जनप्रतिनिधि टिम गाउँपालिका अध्यक्ष रामपृत महतोको नेतृत्वमा र कर्मचारी टिम प्रमुख प्रशासकिय अधिकृत अमित गिरीको नेतृत्वमा फिल्डमा उत्रेको थियो । बिजयी कर्मचारीलाई गाउँपालिका अध्यक्ष महतोले शिल्ड समेत हस्तान्तरण गरेका थिए ।