कृषकहरुलाई व्यवसायीक खेतीमा जोड दिन नगरप्रमुख सरावगीको अनुरोध

4

वीरगन्ज, २४ जेठ ।
वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले परम्परागत भन्दापनि व्यवसायीक खेतीमा जोडदिन अनुरोध गर्नुभएको छ । महानगरपालिकाद्वारा आयोजित एक दिने स्थलगत घुम्ती तालिमको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले व्यवसायीक खेतीको माध्यमद्वारा नगदे बालिहरुमा आधारित खेती गर्न महानगरका कृषकहरुलाई अनुरोध गर्नुभयो । उहाले कृषि पेशालाई महानगरपालिकाले विशेष ग्राहयतामा राखेको बताउदै कृषकहरुको आर्थिक अवस्थालाई सुधारको लागी व्यवसायीक, आर्गेनिक तथा सामुहिक खेतीको लागी प्राविधिक ज्ञान तथा विकासको बारेमा महानगरपालिकाले समय–समयमा विभिन्न अभियानहरु चलाउने बताउनु भयो ।
वडा अध्यक्ष अमानत मियां अंसारीको अध्यक्षतामा सम्पन्न भएको सो तालिममा भिन्डी खेतीबारे महानगरपालिकाका प्राविधिक सहायक ओम प्रकाश राम र नाप्रस प्रमुख रामले अत्याधुनिक तरिकाबाट प्रशिक्षण दिएका थिए ।
महानगरपालिकाको वडा नम्बर ३० को लालपर्साबाट सुरु भएको एक दिने तालिम महानगरपालिकाको १७ देखि ३२ वटै वडामा संचालन गरिने जानकारी समेत गराइएको थियो ।