चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

14

संतोष रन्जितकार
वीरगंज, २४ जेठ ।
नकवजनी चोरी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतको मिति २०७४/१०/१७ गतेको फैसला आदेशले १ महिना १५ दिन कैद र रु.२७,०००।( जरिवाना लागी फरार रहेका जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.९ बस्ने ध्रुब साह तुरहाको छोरा कन्हैया साह तुरहा र सोही ठाउँ बस्ने बब्लु पटेल भन्ने राजेन्द्र प्रसाद कुर्मीको छोरा धिरज कुमार पटेल समेतलाई मिति २०७६/०२/२४ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आप्mनै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई सम्मानित पर्सा जिल्ला अदालतमा पेश गरि अदालतको मिति २०७६/०२/२४ गतेको आदेश अनुसार निजहरुलाई कैद भुक्तानको लागी वीरगंज कारागार कार्यालय पर्सामा पठाईएको सो प्रहरी टोलीले जानकारी दिएको थियो ।