संतोष रन्जितकार
वीरगन्ज २४ जेठ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पर्साको महुवनमा रहेको पारसनाथ मन्दिरलाई जैन सर्किटसंग जोडने कार्य सुरु भईसकेको जानकारी दिनु भएको छ ।
सखुवाप्रसौनी गाउँपालिकाको महुवन स्थित पारसनाथको मन्दिरको शुक्रबार स्थलगत अवलोकन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रि राउतले पर्साको पारसनाथ, धनुषाको नेमुनाथ तथा मालीनाथको मन्दिरलाई जैन धर्मावलम्बीहरुको बिच एक सर्किंट स्थापना गर्न प्रदेश सरकार लागी परेको बताउनु भयो ।
अखिल भारतीय खत्रगच्छ एडीका महामन्त्री पदम टाटीयाले आप्mनो संगठनले अर्बौ रुपैया खर्च गरेर मन्दिर, पोखरी, खेलमैदान, पार्क स्थल, महिला बिद्यालय बनाउने योजना अगाडी बढाईसकेको जानकारी समेत दिनु भएको थियो ।
यसले पारसनाथको मन्दिरलाई आधुनिकरण गर्नुका साथै महुवनको कायापलट हुने उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै सखुवाप्रसौनी गाउपालिका अध्यक्ष प्रदिप जयसवाले मन्दिर पुनः निर्माणका लागि गाउँपालिकाले १ करोड रकम बिनियोजन गरेको बताउनु भयो ।
नेपाल भारत सहयोग मञ्का केन्द्रीय अध्यक्ष, प्रदेश नम्बर २ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा नेपालका जैन समाजका अगुवा अशोक बैधले पर्साको पारसनाथ मन्दिरलाई जैन सर्किटसंग जोडेर र महुवनमा करोडौ रुपैयाको लागतमा मन्दिर, धर्मशाला तथा स्कुल निर्माण कार्यका लागी बैधको प्रयास सराहनीय रहेको मुख्यमन्त्री राउतले बताउनु भएको थियो ।