पार्टीमा एकता नहुँदा निर्वाचनमा हार भोग्नु प¥यो ः देउवा

23

भक्तपुर, २४ जेठ (रासस) ः
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस पार्टीमा एकता नहुँदा अघिल्लो निर्वाचनमा हार व्यहेर्नु परेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस मध्यपुर थिमि नगर समितिले आज थिमिको बोडेमा आयोजना गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रममा उहाँले काङ्ग्रेसभित्रको अविश्वासलाई अब हटाएर जानुपर्ने बताउनुभयो ।
पार्टीलाई एक ढिक्का र मजबुद बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सभापति देउवाले राष्ट्रिय जागरण अभियान अन्तिम चरणमा पुगेको र दोस्रो चरणको कार्यक्रममा जनताको घरदैलोमा पुग्ने गरी अभियान शुरु गर्ने बताउनुभयो । राजश्व, गुप्तचर, अख्तियारजस्ता निकायलाई केन्द्रीकृत गर्न खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको आरोप लगाउँदै उहाँले प्रेस स्वतन्त्रताको महत्वपूर्ण जग र नागरिकको महत्वपूर्ण अधिकार नै प्रेस भए पनि सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको छ भन्नुभयो ।
कार्यक्रममा काङ्ग्रेसका नेता डा मिलेन्द्र रिजालले सरकार संविधानले दिएको अधिकारलाई नै नियन्त्रण गरेर अगाडि जान खोजेको आरोप लगाउनुभयो । काङ्ग्रेस मध्यपुरथिमि नगर सभापति सुरेन्द्र श्रेष्ठको सभापतिवमा सम्पन्न कार्यक्रममा तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला सभापति दूर्लभ थापा, नेता अष्टकुमार कवे, गणेशमान चक्रधर, महेश श्रेष्ठलगायतले काङ्ग्रेसलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

https://ankushdaily.com/