‘बाइकिङ्ग क्विन’ को राजधानीमा भव्य स्वागत

10

काठमाण्डौं, २४ जेठ ।
भारतबाट विश्व भ्रमण गर्ने उदेश्यले प्रस्थान गर्नु भएका ’दष्पष्लन त्रगभभल’ का नामले प्रसिद्ध ’डा सारिका मेहता, जिनल साह, रूताली पटेल) आप्mनो भ्रमणको क्रममा शुक्रबार काठमाण्डौं आइपुग्नु भएको छ । उहाँहरूको स्वागत र सत्कारका लागि वातावरणः जिउने आधार (ीष्खष्लन धष्तज भ्लखष्चयलmभलत) नामक संस्थाको अध्यक्ष आकाश चौहानको अगुवाईमा आज काठमाण्डौँको रिपोर्ट्स क्लबमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथिका रुपमा युवा तथा खेलकूद मन्त्री जगत् विश्वकर्मा साथै वरिष्ठ अतिथिको रूपमा पुष्पा भूषाल, हरिहर बिरही र अतिथिका रूपमा ऋषि धमला, रमेश सिलवाल, दामोदर दवाडी र कविर राणा समेतको उपस्थिती रहेको थियो । सो यात्राको मूख्य उद्देश्य ’बेटी बचाऊ, बेटी पढाऊ’ अभियान र धयmभल झउयधभचmभलत लाई अगाडी बढाउँदै विश्वमा शान्ति फैलाउने रहेको छ । उनको यात्रा ३ महाद्वीप, २५ देश, २५ हजार किलोमिटर ९० दिनमा सो यात्रा सम्पन्न हुनेछ । जूनदेखि भारतबाट सुरू भएर नेपाल, चीन, लाओस्, आदि देशहरू हुदैँ बेलायतमा पुगेर समापन हुनेछ ।
यस कार्यक्रमका उपाध्यक्ष रूपक पटेल, महासचिव सम्झना गिरी, कोषाध्यक्ष करुणा काप्mले, कार्यक्रम सञ्चालक रोशन पटेल, एच्इ आशुतोष तिवारी, सह–सचिव प्रिन्स शाह तथा सदस्यहरूमा मिना थापा, सुमित गौतम, मिनिषा कार्की, ओमशान्ति थापा, राधिका कंडेल, अंजली कठायत, जितेन्द्र पटेल, आर्दश चौहानको लगायतको उपस्थिति रहेको थियो ।