संतोष रन्जितकार
वीरगंज, २४ जेठ ।
वीरगंज महानगरपालिकाको बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा चोरी गरेको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज–१० का २६ बर्षीय अमेन्द्र कुमार पटेल र वीरगंज–२० का २७ बर्षीय धिरेन्द्र महतो रहेका छन् ।
वीरगंज महानगरपालिका ११ रानिघाटमा पार्किङ गरी राखेको ना ५५ प ७१७४ नम्बरको मोटरसाईकल र वीरगंज महानगरपालिका–१० आदर्शनगर डेरा गरी बस्ने नविन झाले आप्mनो घर अगाडी पार्किङ गरी राखेको ना ४ प ४०५७ नम्बरको मोटरसाईकलको लक तोडी चोरी भएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना ४ प ४०५७ नम्बरको मोटरसाईकल सहित पटेललाई आदर्शनगर र ना ५५ प ७१७४ नम्बरको मोटरसाईकल सहित महत्तोलाई रानिघाटबाट नियन्त्रणमा लिईएको थियो । पक्राउ परेको दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।