सबैको सहयोग लिएर पर्सा जिल्लालाई अपराधमुक्त बनाउने छु ः एसपी राठौर

34

संतोष रन्जितकार
वीरगंज,२४ जेष्ठ ।
पर्सा प्रहरी प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले सामाजिक विकृति, लागुअFैषधको रोकथाम तथा अपराध न्युनिकरणलाई प्रमुख लक्ष्य बनाएर काम गर्ने बताउनु भएको छ ।
शुक्रबार आफनै कार्यकक्षमा आयोजित पत्रकार भेटघाट तथा परिच्यात्मक कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक राठौरले समाजमा अहिले प्रमुख समस्याको रुपमा रहेको समाजिक कुरिती र विकृती तथा अपराधलाई न्युनिकरण गर्न सबैको सहयोगको आवश्यक्ता रहेको बताउनु भयो ।
प्रहरी उपरिक्षक राठौरले गत वर्षको तुलनामा पर्सामा जघन्य अपराधका मुद्दा बढी संख्यामा दर्ता भएको जानकारी गराउंदै तपाई हामी सबै मिलेर यस्ता जघन्य अपराधलाई रोकथाम तथा न्युनिकरणमा सहयोग गर्न आग्रह गर्नु भयो ।
सबैको सहयोग र साथ भयो भने पर्सालाई अपराधमुक्त जिल्ला बनाउन सकिने बताउदै प्रहरी उपरिक्षक राठौरले मैले धेरै समय अपराध अनुशन्धानमै बिताएकोले अपराधीक समस्या समाधान तर्फ सक्रिय भएर लाग्ने विश्वास समेत दिलाउनु भयो ।
प्रहरी उपरिक्षक राठौरले समाजीक समस्या समाधान गर्नलाई समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याइएको र यस मार्फत पनि समाजीक समस्याहरु समाधान गर्ने तर्फ प्रहरी सक्रिय रहेको जानकारी दिनु भयो ।
पर्सामा देखीएको लागुऔषध ओसार–पसार तथा लागुऔषध सेवनकर्ताहरुको कारण अपराधीक गतिविधि बढदै गएकोले यसलाई न्युनिकरण गर्न विशेष योजना बनाएर कार्यहरु गर्ने समेत जानकारी गराउनु भएको थियो ।