सिलिण्डर पड्किंदा सात घाइते दुईको अवस्था गम्भिर

36

बारा, २४ जेठ ।
बाराको डुमरवानामा खाना पकाउने ग्याँस सिलिण्डर पड्किँदा एकै परिवारका दुईसहित सात जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित स्याउली बजारमा नरजमान थिड्ढो घरमा सिडिन्डर पड्किएको हो ।
घटनामा ६७ वर्षीय नजरमान थिङसहित उनकी बुहारी ज्ञानीमाया थिङ, बौद्धमान थिङ, अनिता थिङ रहेका छन् । त्यसैगरी, ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साईमाया वाइबा, ३२ वर्षीया दिलमाया वाइबा पनि सिलिण्डर पड्किएर घाइते भएका छन् । घाइतेमध्ये नजरमानकी बुहारी ज्ञानीमाया र अनिताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।
नजरमानकी बुहारी ज्ञानीमायाले चिया पकाउनका लागि सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा ग्याँस लिक भएको र आगो बाल्दा आगलागी भएर ग्याँस सिलिण्डर पड्किएको प्रहरीको भनाई छ ।

https://ankushdaily.com/