आर्थिक सुशासन कार्यम गर्न ई–नक्सा प्रणाली आवश्यक ः नगरप्रमुख सरावगी

14

वीरगन्ज, २५ जेठ ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सेवाग्रहीको समय र खर्च घटाउन तथा सुशासन कायम गर्न विद्युतीय नक्सा प्रणाली प्रयोगमा ल्याउन आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको छ । युएनडिपीले शनिबार वीरगन्जमा आयोजना गरेको भवन निर्माणका लागि विद्युतीय नक्सा विषयक दुइ दिने तालीमलाई उद्घाटन गर्दै नगर प्रमुख सरावगीले भवनको नक्सा पास गर्ने प्रणालीलाई विद्युतीयकरण गरे सेवाग्रहीको समय र खर्च घटनुको साथै आर्थिक सुशासन कायम गर्न मद्दत पूग्ने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा सहभागि रहेका पर्साका ४० जना इन्जियर, ओभरसिएसलाई सम्बोधित गर्दै नगर प्रमुख सरावगीले स्थानिय तहहरुबाट कागजको प्रयोग घटाउदै विद्युतीय एप्सहरुलाई प्रयोगमा ल्याउने क्रम बढेकाले भवनका नक्साको डिजाईन ई–प्रणालीबाट गरे सेवा प्रवाहले गतीलिने स्पष्ट पार्नु भयो । स्थानिय तहमा नक्सा पास गर्ने सेवाग्रहीले सधै काम ढिलो र अपार्दशी हुने गरेको गुनासो गर्ने गरेकाले ई–प्रणालिबाट नक्सापास कार्य सुरु भएपछि सेवाग्रही घरबसी कामको प्रगती बारे जानकारी पाउने र आर्थिक सुशासनमा टेवा पुग्ने नगरप्रमुख सरावगीले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले महानगरपालिका भित्र रहेको पूराना घरको अभिलेखिकरण गर्दै नक्सा पास समेत गर्ने कार्यमा महानगरपालिका लागिपरेको जानकारी दिनुभयो । उहाँले महानगरभित्र रहेका सबै सडक तथा टोलको नामाकरणसंग घरको समेत नम्बर वितरण कार्य थालिएको बताउनुभयो । नगरप्रमुख सरावगीले नगर भित्र नक्सा पास नगरी अब निर्माण गर्नेबार्ट तीन गुणा कर र ५ लाखसम्म जरिवाना असुलिने भवनसहिता अनुसार नै घर बनाउन सबैलाई आग्रह गर्नुभयो । उहाँले अब भवन निर्माण गर्दा वातावरण मैत्री र भुकम्प रोधी निर्माण गर्न जरुरी रहेको बताउनुभयो ।
युएनडिपीका कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानको अध्यक्षमा सम्पन्न भएको ऊद्घाटन कार्यक्रमलाई इन्जिनियर अखलाक सिदिक्की लगायतका वत्ताले सम्बोधन गर्दै २१ औ शाताब्दी प्रविधिको युग भएकाले नक्सापास लगायतका सरकारी कामहरु विद्युतीय प्रणालीबाटै हुनु पर्ने सुझाव रखेका थिए । युएनडिपीले संचालन गरेको सो तालिममा वीरगन्ज महानगरपालिका लगायत पर्सामा रहेको १४ वटै स्थानिय तहमा कार्यरत इन्जिनीयर, ओभरसियर तथा डिजाइनरहरुको सहभागिता रहेको थियो ।