ठाकुरराम क्याम्पसमा कम्प्युटर एण्ड रिसर्च आर्टिकल राईटि· तालिम

4

संतोष रन्जितकार
वीरगंज, २५ जेठ ।
वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा कम्प्युटर एण्ड रिसर्च आर्टिकल राईटि· तालिमको आयोजना गरिएको छ । क्याम्पसलाई क्यु.ए.ए. मा लैजाने क्रममा क्याम्पसका सम्पुर्ण कर्मचारी तथा प्रशासन दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको हो ।
तालिममा क्याम्पसका क्याम्पस प्रमुख डा. प्रमोद कुमार कुशवाहा सहायक क्याम्पस प्रमुखहरु रोशन लामिछाने, सुरेश प्रसाद, रघुनाथ चौरसिया, क्याम्पस विद्यार्थी कल्याण प्रमुख दिनेश प्रसाद साह, एम.एड.का संयोजक शुभाष प्रसाद लगायत क्याम्पसका सम्पुर्ण कर्मचारी एवं प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई मुख्य रुपले ई.एम.आई.एस. युनिट ठाकुरराम वहुमुखी क्याम्पसका संयोजक शिवाकान्त दुबे तथा सदस्य दिनेश प्रसादको ब्यवस्थापनमा संचालन गरिएको क्याम्पसका कर्मचारी मनोहर साहले बताए ।