पकाहामैनपुर गापाको कार्यपालिका सदस्य सहनी गाँजासहित पक्राउ

17

संतोष रन्जितकार
वीरगंज, २५ जेठ ।
पर्साको पकाहामैनपुर गाउँपालिकाका कार्यपालिका सदस्य गाँजासहित पक्राउ परेका छन् । वडा नम्बर १ धोरेबाट निर्वाचित बालिस्टर सहनीलाई शुक्रबार गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
करिब सात किलो गाँजासहित पक्राउ परेका सहनीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए । उनीसँगै अरु पनि केही ब्यक्ति पक्राउ गरिएको प्रहरी निरीक्षक गिरीले बताए ।