मेहनत गर्ने संस्कार सिकौँ ः पूर्वप्रधानमन्त्री नेपाल

45

काठमाडौँ, २५ जेठ (रासस) ः
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जापानले जस्तै हामीले पनि प्रकृति र इतिहासप्रति गौरव गर्दै संरक्षण र सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
डा रामप्रसाद दाहालको कृति ॅआँखामा जापान’ नियाक्राको यहाँ आज आयोजित कार्यत्रममा लोकार्पण गर्दै उहाँले भन्नुभयो, मन्दिर होस् वा दरबार ऐतिहासिक प्रत्येक चिजलाई उनीहरुले सम्मान र संरक्षण गरेकै कारण ती क्षेत्र पर्यटकको केन्द्र बन्न सफल भएका हुन् ।
जापानी जनताको अत्यन्तै मेहनत, विनम्र र मिलनसार संस्कार हामीले सिक्नैपर्नेमा जोड दिँदै वरिष्ठ नेता नेपालले भन्नुभयो, त्यहाँका जनताको मेहनत, उद्यमशीलता, लगनशीलता, अनुशासन र राष्ट्रप्रेमको भावनाले जापानलाई छोटो समयमै चमत्कारीरुपमा विकासको शिखरमा पुर्‍याएको छ, उनीहरु जे चिताउँछन्, त्यो तत्कालै पूरा गरेरै देखाउँछन् ।
मुलुकमा अहिले धेरै ठूलो परिवर्तनको खाँचो रहेको बताउँदै उहाँले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि अब ढिलाइ हुन्न भन्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, अब भाषण र कुरा होइन, कामको आवश्यकता छ, मुलुकमा विकास निर्माणको काम छिटो हुने परिस्थिति निर्माण गर्नुपर्छ, काममा स·ति मिलाउनुपर्छ, अनुगमन प्रभावकारी तुल्याउनुपर्छ ।
प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले शहरबाट निष्कने फोहरमैला व्यवस्थापनसँगै अर्ग्नािक मल उत्पादनको क्षेत्रमा जापानले प्रयोग गरेको प्रविधि नेपालका लागि लाभदायक हुने बताउनुभयो ।
मातृशक्ति बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित ऊक्त कार्यत्रममा वरिष्ठ इतिहासकार दिनेशराज पन्तले सार्वजनिकरुफमा आयोजना हुने जुनसुकै कार्यक्रम ठिक समयमा शुरु हुने र आवश्यक व्यत्तिलाई मात्र मञ्चमा राख्ने पद्धति बसाल्न सकिएमा समयको सदुपयोग र कार्यक्रमको गरिमा बढाउन सकिन्थ्यो भन्नुभयो । कृतिकार डा दाहालले जापानी जनतामा समयको परिपालना र कामप्रतिको लगाव अथाह पाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, आफूले देखेका, सुनेका, जानेका, वस्तु, घटना, प्रकृतिको वास्तविक दृश्यलाई रिठ्ठो नविराइ यथार्थरुपमा राखिएको नियात्रा १७ शीर्षका विषय वस्तु समेटिएको छ । डा दाहालले गत जनवरी ३ देखि १७ गतेसम्म ओसाका, कोबे, टोकियो, नागोया, तोवालगायतको स्थानको अवलोकन भ्रमण गर्नुभएको थियो । दायित्व वाङ्मय प्रतिष्ठान नेपाल प्रकाशन रहेको उक्त कृति १२८ पृष्ठको रहेको छ । प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्त र प्रहृलाद पोखरेलले सो अवसरमा कविता वाचन गर्नुभएको थियो ।

https://ankushdaily.com/