राजपाका कार्यकर्ता र अगुवाबीच छलफल

22

संतोष रन्जितकार
वीरगंज, २५ जेठ ।
राष्ट्रिय जनता पार्टी नेपाल पर्साले बीरगंज महानगरपालिकाको ३२ वटै वडाको अगुवा कार्यकर्तालाई पार्टीको महाअधिवेशन एवम् महानगरपालिकामा विकास निर्माणको वस्तुस्थिति र महानगरपालिकाले जनता माथि लगाएको करको विषयमा छलफल गरि झावी कार्यक्रमको विषयमा निर्देशन जारी गरेको छ ।

कार्यत्रममा महासचिव राजेश मान सिंह, जिल्ला संयोजक बिरेन्द्र यादव, जिल्ला उपाध्यक्ष मदन यादव, जिल्ला सचिव उमेश लाल सहनी, मुस्लिम नेता खैरूद्दीन मियाँ, कलाम मियाँ ठकुराई, अजीम हवारी, वकिल हवारी, नेताहरू अयुब मियाँ, रामबाबु, युवा नेताहरू बिष्णु पटेल, राजु गुप्ता, अफरोज मंसूरी, कृष्णा पटेल, अकबर हवारी, शौकत अली, वडा अध्यक्षहरू बैजुलाल स्वर्णकार, प्रदीप चौरसिया, रियाज मियाँ ठकुराई, सदस्यहरू अब्दुल अंसारी, बरकतुल नेसा, संगीता दास लगायतका उपस्थिति रहेको थियो ।