सरकारले प्रेस जगतको घाँटी निमोठेर समृद्ध नेपाल र सुखि नेपालीको नारा साकार नहुने ः नेता चौरसिया

14

संतोष रन्जितकार
वीरगञ्ज, २५ जेष्ठ ।
वीरगञ्जबाट प्रकाशित हुँदै आएको नेपाल पोष्ट डेली अनलाईन पत्रिकाले आफनो पाँचौ वार्षिकोत्सवको अवसरमा हाल्फ म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ । प्रेस स्वतन्त्रताका लागि दौड नाराका साथ वीरगञ्जको घण्टाघरबाट सुरु भएको म्याराथन लिंकरोड हुँदै बसपार्क नयाँ बाईपास, प्रतिमा चोक, पावर हाउस, मुर्ली हूँदै घण्टाघरमा आएर टुंगिएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ प्रिन्स कुमार मुखिया, अनिल साह, शत्रुघन पटेलले क्रमशः प्रथम, द्धितीय, तृतिय स्थान हासिल गरेका थिए । त्यसैगरि महिला तर्फ संगीत यादव प्रथम भएकी थिईन् । विजयी भएकाहरुलाई प्रमुख अतिथी पुर्वमन्त्री अजय चौरसियाले प्रमाण पत्र, मेडल तथा नगद पुरस्कार वितरण गरेका थिए । पुरुषतर्फ प्रथम, द्धितीय र तृतिय भएकाहरुलाई क्रमशः रु ५०००, रु ३०००, रु १५०० र महिलातर्फ प्रथमलाई रु २००० को नगद पुरस्कार प्रदान गरिएको थियो ।

पत्रिकाका प्रकाशक सम्पादक मनोज पटेलको सभापतित्वमा सम्पन्न प्रतियोगितामा पुर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चौरसियाले दुई तिहाईको बहुमतले बनेको वर्तमान सरकारले स्वतन्त्र प्रेसमा अंकुश लगाउन खोजेको आरोप लगाएका थिए । सरकारले ल्याउन लागेको मिडीया सम्बन्धी विधेयक सम्पुर्ण प्रेस जगतको घाटी निमोठ्ने काम भएको बताए ।
उहाँले शिक्षा, स्वास्थ्य, महिला अधिकार, रोजगारी लगायतका सबै क्षेत्रका आवाजलाई समाचारको माध्यमबाट प्रसारण एवम् प्रकाशन गर्ने प्रेस जगतको घाँट निमोठेर कुनै पनि हालतमा समृद्ध नेपाल र सुखि नेपालीको नारा साकार नहुने दाबी गरे ।
त्यसैगरि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पत्रिकाको निरन्तर प्रकाशनको शुभकामना व्यक्त गर्दै नेपाल पोष्टले यहाँका सामाचार समाग्री तथा युवाहरुको प्रतिभालाई पनि स्थान दिएको झन्दै खुशी व्यक्त गरे । म्याराथनले मानव शरीरलाई चुस्त दुरुस्त तन्दुरुस्त राख्ने बताए ।
कार्यत्रमको समापन गर्दै अनलाईन पत्रिकाका प्रकाशक एवम् सम्पादक मनोज पटेलले समाचारमा सत्यता तथ्यता र निष्पक्षता नेपाल पोष्टको मुलमर्म भएको बताए ।
कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहान, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, संघीय प्रेस फोरम प्रदेश नं २ उपाध्यक्ष विजय कुशवाहा, नेपाल पोष्टका समाचार सम्पादक राजेश मिश्रा, नेपाल पोष्टका निर्देशक सन्तोष साह, वीरगञ्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलीपराज कार्की, नेविसंघ ठाराब क्याम्पस ईकाई अध्यक्ष मनोज कुमार साह, नेविसंघका विकास तिवारी, सामाजिक अभियन्ता सरोज चौरसिया, पर्साका एथेलेटिक्स् प्रशिक्षक विश्वेश्वर पटेल, प्रगती फुड एण्ड बेभेरेजका निर्देशक अफरोज अहमद खान, मोदि ट्रेनि· सेन्टरका निर्देशक राहुल मोदि लगायतकाको उपस्थिती रहेको थियो ।
कार्यक्रमको उद्घाटन सत्रको सहजीकरण हेमन्त तामाङले गरेका थिए भने समापन सरोज चौरसियाले गरेका थिए ।