उप–मेयर कार्कीद्वारा गुडिया डल, कुशन बनाउने तालिमको उद्घाटन

32

संतोष रन्जितकार
वीरगंज, २६ जेठ ।
वीरगंज चेली कृषि सहकारी संस्था वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका, वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आइतबार वीरगंज उद्योग वाणिज्य संघको सभाहल गुडिया डल, कुशन बनाउने तालिम शुरु भएको छ । वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा आइतबार देखि १५ दिन सम्म चल्ने वीरगंज उद्योग वाणिज्य संघको लघु व्यवसायी विकास कोषले वीरगंज लगायत यस वरपर क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी तालिम शुरु गरेको हो । सो तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो ।
सो तालिम चेली कृषि सहकारी संस्थाका अध्यक्ष कमला घिमिरेको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप–मेयर शान्ति कार्कीले द्विप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै चेली कृषि सहकारी संस्थाका अध्यक्ष घिमिरेले २० जना महिलाबाट शुरु गरिएको संस्था आज आएर संस्थामा ५०० जना महिला कार्यरत रहेको बताइन् । यो संस्थाले विभिन्न कार्य गरी पीडित असहाय महिलाहरुलाई शिपमूलक कार्यक्रमको आयोजना गरी महिलाहरुलाई रोजगारीको व्यवस्था गरी त्यस संस्थामा कार्यरत महिलाहरुले मासिक २ हजार देखि १२ हजार सम्मको रकम कमाउने गरेको महिलाहरुले आफुलाई सक्षम बनाएको र पैसाको निमित्त कसैको भरमा नपर्ने तथा आउंदो दिनहरुमा पनि महिला शिपमूलक कार्यक्रम ल्याई संस्थालाई अझै अगाडी बढाउने समेत अध्यक्ष घिमिरेले जानकारी दिनुभएको थियो । कार्यक्रममा लघु व्यवसायी कोषका प्रमुख तथा उद्योग वाणिज्य संघका सचिव अरबिन्द अमात्य, समाजसेवी मुना दाहाल, निलम यादव, सबिता राई, शिल्पा राणा, सरस्वती थापा आले, जानकी विश्वकर्मा ठाकुर, पूजा कुमारी यादव लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन कमला गिरीले गरेकी थिइन ।