मरिच तस्कर पक्राउ

9

वीरगञ्ज, २६ जेठ ।
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैयाबाट एकजना मरिच तस्करलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं २५ सिर्सियाका २६ वर्षीय राजनकुमार तुराहा रहेका छन् । मोटरसाईकलमा आठ किलो मरिच लोड गरी भारततर्फ लैजाँदै गरेका तुराहालाई सीमा प्रहरी चौकी छपकैयाको टोलीले शनिबार बेलुका नियन्त्रणमा लिएको थियो । उनलाई मरिच तस्करीमा प्रयोग भएको ना १५ प १७४९ नं.को मेटरसाईकलसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तुरहालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।