नमुना युवा संसद स्थापना र अभ्यास सम्पन्न

14

संतोष रन्जितकार
वीरगञ्ज, १६ असार ।
बीरगंज महानगरपालिका र जिल्ला युवा समिति पर्साको आयोजनामा भएको ४ दिने नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
समृद्ध नेपालका लागी स्वस्थ, कर्मठ र उद्यमी युवा भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा ६४ जना युवा युवतीहरुले सहभागिता जनाएका थिए । सहभागिहरुलाई राष्ट्रिय युवा परिषद्का केन्द्रिय सदस्य सैलेन्द्र चौधरी, जिल्ला युवा समिति पर्साका अध्यक्ष सन्तोष कुमार गुप्ता र सुहाना मिश्राले प्रशिक्षण दिनुभएको थियो । बीरगंज दरबारमा भएको समापन समारोहमा बीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगी, महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, प्रभावकर गुप्ता लगायतको सहभागिता रहेको थियो ।
यसअघि असार १३ गते एक कार्यक्रमका बिच नगरप्रमुख बिजयकुमार सरावगीले सो कार्यक्रमको उदघाटन गर्नुभएको थियो । तालिमको तेस्रो दिन संघिय समाजवादी पार्टी पर्साका अध्यक्ष एवम् संघिय युवा सांसद प्रदिप यादबले संसदमा पालना गर्नुपर्ने निति नियमका साथै सांसदको जिम्मेवारीको बारेमा प्रकाश पार्नुभएको थियो ।